टिप्परले चुडालिदिएको त्यो प्रेम.. ‘टिप्पर सहरी क्षेत्रमा गुडाउनका लागि हुँदै होईन’

काठमाडौं । सुर्खेतमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि उनकी प्रेमिका भनिएकी एक युवतिले आत्महत्या गरेकी छिन् । हिजो बिहान वीरेन्द्रनगर–४ चोकमा भे १ ख २२४२ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा केशरबहादुर सिंहको घटनास्थलमा मृत्यु भएको थियो ।

घटनाबाट विक्षिप्त भएकी उनले आत्महत्या गरेकी हुन् । उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । केशरको मृत्यु भएपछि निकै विक्षिप्त भएकी कालिकोटकी अरुणा शाहीले सिंहको मृत्युको पीडा खप्न नसकेर झुण्डिएर आत्महत्या  गरेको भन्दै उनका साथीभाईले बाँकी ६ जन्मसँगै होउन् भन्दै श्रद्धान्जली व्यक्त गरेका छन् । करिब एक साताको बिचमा टिप्परको ठक्करबाट मृत्यु भएको यो दोस्रो घटना हो । अर्थात् एक साताअघि विवाहको कार्ड बाँड्न हिँडेकी एक युवतीको टिप्परको ठक्करबाट मृत्यु भएको थियो । विवाहका लागि तयारी गरिरहेका उनका प्रेमी विक्षिप्त अवस्थामा गुज्रिरहेका छन् ।

दिनभर तनावग्रस्त,२ राउन्ड हवाइ फायर 

कालिकोट महावै गाउँपालिका ३ का केशर सिंहको टिप्परले ठक्कर दिएर मृत्यु भएपछि सो क्षेत्र हिजो दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले नाराबाजी गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ८ जना भन्दा बढी स्थानीय घाइते भएका छन् । प्राप्त जानकारी अनुसार जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

टिप्परले ठक्कर दिएर दिनहुँजसो मानिसले ज्यान गुमाउनुपरेको घटना देखेका स्थानीय रोकिएनन् । उनीहरुले चर्को नाराबाजी गरे । स्थानीयवासी र मृतकका आफन्तले सडक अवरोध गर्दै चर्को विरोधसहित नाराबाजी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो । प्रशासनले वीरेन्द्रनगर क्षेत्रमा तनावग्रस्त स्थिति नियन्त्रण गर्न भन्दै मंगलबार साँझदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू जारी गरेको थियो ।

कफ्र्यु अहिले हटिसकेको छ । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ । मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको प्रहरीले जनाएको छ ।

चालकको लापरबाहिका कारण एक युवकले अनाहकमा ज्यान गुमाए ।

फोटोहरु :  गिता बोहोराको फेसबुकबाट

पछिल्लो समय टिप्परको ठक्करबाट दिनहुँजसो मानिसहरुले ज्यान गुमाउनुपरेको छ । कतिपय अवस्थामा टिप्परले ठक्कर दिएर भागेको घटना समेत छ । यसैबिच माघ १४ गते काठमाडौंको शान्तिनगरमा टिप्परको ठक्करबाट एक महिला घाइते भएकी थिईन् ।

शान्तिनगर सडकमा जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी महिलालाई टिप्परले ठक्कर दिएको थियो । घाइते महिलाको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पर दुर्घटनाका प्रमुख कारण के हो ? 
बढ्दो टिप्परको चाप र तिव्र गतिका कारण पछिल्लो समय टिप्परको ठक्करबाट भएका दुर्घटनाको संख्या बढ्दै गएको छ ।

अव्यवस्थित तथा साँघुरो बाटो, तिव्र गति र कम उमेरका चालक, बढ्दो सवारी चापका कारण टिप्पर दुर्घटना बढीरहेको छ ।

File : photo_lokpath.com

टिप्परः शहरमा गुडाउन बनेकै हैन

शहरी क्षेत्रमा हुने गरेका टिप्पर दुर्घटना तिव्र गति र माथि प्रस्तुत गरिएका कारणबाट नै हुने गरेका छन् । ‘अफरोड’ का लागि बनाइएको टिप्पर चलाउने अधिकांश कम उमेरका छन् । हेभी गाडी’ भए पनि शक्तिशाली हाइड्रोलिक इन्जिन, तुरुन्तै गति लिनसक्ने क्षमता आदिका कारण टिप्परमा युवाहरूको आकर्षण छ ।

तिनमा भएको जोशले शहरी परिवेशमा कसरी सवारी हाँक्ने भन्ने चेत हराईदिन्छ र दिनहुँ दुर्घटनाको समाचार आईरहन्छन् । त्यतिमात्रै होईन नियमित सवारी चेकजाँच नहुनु, मोबाइल फोनको प्रयोग गरिनु पनि दुर्घटनाका कारण हुन् ।

केहि समय अघि अत्याधिक दुर्घटना हुन थालेपछि विहान र दिउँसो काठमाडौँ, भक्तपुरमा पनि टिप्पर नगुडाउन भनिएको छ । टिप्परका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले गत २७ असारमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसो टिप्पर चलाउन प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उपत्यकामा राति ८ बजेपछि मात्रै टिप्पर चल्न पाउने भनिएको छ । भूकम्पपछिको पूनर्निमाणको लागि गिटि बालुवा, ढुंगा ओसारपसार गर्नको लागि अत्याधिक मात्रामा टिप्परको प्रयोग भइरहेको छ । बिहानको समय तोकिएको छैन । तर रातको समयमा उनीहरुको गतिले अन्य सवारी चालक आत्तिन्छन् ।  विभिन्न मुलुकमा सडक अनुसार कुन गतिमा सवारी हाँक्ने भन्ने मापदण्ड तोकिएको हुन्छ । तर हाम्रोमा त्यसो नहुँदा टिप्परले हेपेर लेन मिचेर हाँकिरहेका छन् । हाम्रा गाउँ–शहरमा ६७०० सीसी इन्जिन र ३१ टनसम्म भारवहन क्षमता भएका टिप्पर गुडिरहेका छन् ।

एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) नभएका, ठूलो पांग्रा भएका, ६ सिलिण्डर सहित हाइड्रोलिक इन्जिनयुक्त यस्ता टिप्परहरू शहरी बाटोमा गुडाउन प्राविधिक रूपले उपयुक्त नहुने विज्ञहरु बताउँछन् ।

केहि दिन अगाडी मात्रै महेन्द्रनगरमा यस्तै घटना भयो ।
हेर्नुहोस् यो लिंक

हुनेवाला बेहुलीलाई ४ दिनअघि टिप्परले मारेपछि …‘


अक्सर प्रेम कथामा निर्मित चलचित्रमा हामी देख्छौँ, नायक र नायिका एक अर्कालाई अत्यन्तै प्रेम गर्छन् । युवा मनमा अंकुराएको प्रेमको डोरी कसिलो भएर जान्छ । तर अफसोच उनीहरुको प्रेम परिवारले स्वीकार गर्दैनन् अनि भागेर अन्तै कतै जान्छन् । निर्देशकले उनीहरुलाई मायालुको गाउँमा पुर्याउँछन् । त्यसपछि दुखसुख चलाउँदै गर्दा उनीहरुलाई परिवारले खोजीनिती गर्छन् । फेला पार्छन् । छुटाउन खोज्छन् तर सक्दैनन् । अन्तत उनीहरुको विवाह गराइदिन राजी हुन्छन् । र दुवै परिवारका तर्फबाट धुमधामका साथ बिहे गरिदिन तयारी गर्छन् । नायक नायिका दुवै खुसीले उफ्रिन्छन् । आफ्नो प्रेमको जित भएको खुसीसँगै आफ्ना साथीलाई निम्ता गर्न जान्छन् । अनि फिल्ममा ट्वीस्ट आउँछ । दर्शक झसंग हुन्छन् ।

हो, निम्ता बाँड्ने क्रममा साईकलमा सवार हुनेवाला दुलही अचानक दुर्घटनामा पर्छिन् अनि उनको त्यहि निधन हुन्छ । परिवारको राजीखुसीमा आफ्नो हुनै लागेकी आफ्नी दुलहीको यसरी मृत्यु हुँदा हिरो अर्थात् हुनेवाला बेहुला कति विक्षिप्त हुन्छन् । आफ्नो वर्षौंदेखिको प्रेमलाई नियतिले चटक्क चुडाएर लैजाँदा उसको सारा सपना चकनाचुर हुन्छ । उसले देखेको सँगै बाँच्ने सपना, सुखदुख, उकाली ओराली अनि भन्ज्याङ चौतारी सँगै गर्ने सपना पल भरमै जलेर खरानी हुँदा उसले कहाँ मन बुझाउन सक्छ र वर्षौंदेखि तिर्खाएको काकाकुल झैँ हुन्छ उसको जीवन पनि । यो त रील लाइफको कुरा भयो एकछिन अभिनय हुन्छ रीलमा कैद गरिन्छ । त्यसपछि दर्शक समक्ष पुर्याइन्छ र दर्शकले पनि भावुक हुँदै हेरिदिन्छन् र कति राम्रो मुभी बनेछ भनी प्रतिक्रिया दिँदै सकिन्छ ।

कल्पना गर्नुस् त यो रिल लाईफमा भएका कथा कसैको वास्तविक जीवनमा भयो भने कति मन दुख्ला रु
महेन्द्रनगरका प्रकाश टेरको रियल लाइफमा यस्तै बज्रपात परेको छ । उनीमाथि परेको बज्रपात कुनै मुभिको रीलमा खिचिएको एउटा अपूरो प्रेम कहानी भन्दा कुनै फरक नै छैन । माघ ९ गते अर्थात् बिहिबार न्युज डेस्कमा एउटा सनसनीपूर्ण खबर आयो “महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु” । सहकर्मी मित्रले भन्नुभयो महेन्द्रनगरमा दुर्घटना भएछ न्यूज अपडेट गर्नुपर्यो । महेन्द्रनगर प्रहरीलाई फोन लगाऔँ ।

मनमनै सोचे “दुर्घटना पनि कत्ति हुन सकेको अहो ! गाडी चलाउनेहरु आँखा नै हेर्दैनन् कि के हो  ? बाटोमा मान्छे हिडेको नि नदेख्ने !”

मनमनै कड्किए पनि । संचारकर्मी भएको नाताले मेरो काँधमा जिम्मेवारी थियो न्यूज अपडेट गर्ने । मैले त्यसै गरे । उही छ क समेटेर । हो, हामी ब्रेकिङ गर्नुपर्ने वा हार्ड न्यूज जुन छ वटा क को जवाफले आम मानिसको मनको कौतुहलता तत्काललाई साम्य पार्छ । के कहाँ कहिले कति कुन किन यी नै कुराको जवाफसहितको एउटा खाका बनाएपछि ‘हार्ड न्यूज’ बन्ने कारणले त्यहि गरे । पछि मात्रै विस्तृतमा समाचार लेखिन्छ ।

पछि थाहा भयो, ती युवति माघ १३ गते अर्थात् आज बेहुली बन्न लागेकी रमिता रहेछिन् । उनी आफ्नो विवाहको निम्ता बाँड्न हिड्दा उक्त दुर्घटनामा परेकी रहेछिन् । मनमा उत्साह बोकेर जीवनको रंगिन सपना बोकेर कति खुसी हुँदै निम्ता बाँड्न हिँडेकी उनलाई टिप्परले किचेर सपना सारा सपना क्षणभरमै रंगहीन बनिदियो । रंग थियो त केवल खोलाजसरी बगेको उनको रगतको । सडकमा पल्टिएको शव भिज्नेगरी लत्पतिएको रगतले मानिसहरुको होशहवास उड्यो । बिहेको निम्तो बाड्न हिडेकी रमिता कहिल्यै फर्केर नआउने गरि गइन्, सबैलाई रुवाएर ।

तर उनको लागि सिन्दुर लिएर कुरेर बसेको प्रकाश कुन हालतमा होलान् एकचोटी कल्पना गर्नुहोस् त जो आफ्नो वर्षौंदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने पर्खाइमा थिए ।

यदि त्यो घटना नहुँदो हो त यतिबेला नेपाली सेनामा कार्यरत प्रकाश दुलाहाको भेषमा सजिएका हुन्थे अनि मनमा अनेकौं खुसीका बहारसँगै बाजाका साथमा जन्ती लिएर रमिताको घर जान्थे होला । अनि उता रमिता चटक्क सजिएर बेहुली बनेर बेहुला ९प्रकाश० लाई कुहिरहेकी हुन्थिन् । बाटो हेरिरहेकी हुन्थिन् ।
तर दुर्भाग्य बिहे घर शून्य छ, आज । उल्लासको ठाउँमा स्तब्धता छ । घर घर जस्तो नभएर मसानघाट जस्तो सुनसान छ, आज । रोदन छ, होस हराएजस्तो देखिन्छन्, परिवारका सदस्य । कुनै चलचित्रको प्लटजस्तो लाग्ने यो घटनापछि अब ति चखेवाका जोडीहरु कहिल्यै भेट्ने छैनन् ।

फेरि त्यो दिन …
गत बिहिबार कन्चनपुरको महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भयो । जो आज दुलही बन्दै थिइन् । आफ्नो बिहेको निम्तो बाँड्न हिडेकी उनलाई टिप्परले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भयो । उनको मृत्यु त भयो तर यता उनको हुन लागेका बेहुला प्रकाश पानी बिनाको माछा जस्तै भएका छन् । प्रकाश नेपाली सेनामा कार्यरत छन् । बिहेको लागि भन्दै बिदामा बसेका उनले सायदै सोचे होलान् जीवनमा यस्तो बज्रपात आइलाग्ला भनेर । उनको जीवन अपत्यारिलो दुर्घटनाले छेतबिच्छेद भएको छ । रमिता भट्टको घर बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोला हो । उनि एक वर्ष अगाडी देखि महेन्द्रनगर बस्दै आएकी थिइन् । ब्राह्मण परिवारकी छोरी भएकाले परिवारले नदिने भएपछि क्षेत्री थरका प्रकाशले एक वर्षअघि नै उनलाई महेन्द्रनगरमा बस्ने चाँजोपाँजो मिलाएका थिए । उनीहरूको विवाह भने भएको थिएन । विहेका लागि यही माघ १३ गतेको साइत जुरेको थियो । बिहेको निम्तो बाड्न जाँदा सो घटना भएको हो ।

दुर्घटनापछि प्रकाशले मनै रुवाउने स्टाटस लेखेका छन् । उनले आफू एक्लै यात्रा गर्न नसक्ने बताएका छन् भने आफ्नो रमितालाई साडी लगाएर सिउँदो भरेको हेर्ने रहर भएको लेखेका छन् । उनको यो मार्मिक स्टाटसमा कमेन्ट गर्नेहरुले उनलाई सम्झाईबुझाई गरेका छन् । उनको दर्दनाक भावनामा रोएका छन् । भावविह्वल भएका छन् । उनका साथीहरुले लेखेका छन्, नआत्तिउ जोडा । हामी छौँ ।

हेर्नुहोस् प्रकाशको स्टाटस जस्ताको तस्तै

“तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी ! पर्सि हाम्रो बिहे हो, कहाँ गा’छस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् रु कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर रु तँ अगाडि किन गइस् मलाई छाडेर रु म एक्लै के गरौं, कहाँ जाऊँ भन् त रु आइज न बिहे गरौंला नि १ यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।” – सबै तस्वीर उनको फेसबुकबाट

हिजोआज यस्ता दुर्घटना बढ्न थालेका छन् । कतै कलेजबाट फर्कदै गरेकी युवती किचिन्छन् त कतै अफिस हिडेका अफिसर त कतै पैदलयात्री । सायदै थोरै दिन होला दुर्घटना नभएको दिन ।
एक महिना अगाडी काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक २२ वर्षीय सृष्टि पन्तको मृत्यु भएको थियो ।

बिहान पैदल हिँडिरहेकी पन्तलाई ६ बजे बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिएको थियो । गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि चावहिलस्थित ओम अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो ।

यो त प्रतिनिधि घटना मात्र हो । चालकको सानो लापरबाहीले पैदलयात्रीहरु अकालमै आफ्नो ज्यान गुमाउन बाध्य छन् ।

असुरक्षित सडक :  पैदल यात्रु यसरी मारिन्छन्, बढ्दैछ ‘हिट एण्ड रन’ का घटना

काठमाडौं । मङ्सिर २८ गते काठमाडौंको बुढानिलकण्ठमा बिहानै मन्दिरबाट फर्किदै गरेकी ४२ वर्षीय लीला देवकोटालाई चारजना सवार गाडीले ठक्कर दिएर फरार भयो । गाडीमा सवारमध्ये एकजना थिइन् मोडल परमिता आरएल राणा र चालक थिए २१ वर्षीय पृथ्वी मल्ल । लीलाको घटनास्थलमै मृत्यु भयो । रातभरि मदिरा सेवन गरेका पृथ्वीले त्यसैको ‘ह्याङ ओभर’मा अनियन्त्रित रुपमा गाडी चलाएका थिए । सडकपेटीमा हिँडिरहेकी देवकोटाको ज्यान मल्लको लापरवाहीकै कारण गएको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् ।

त्यसकै केही समयअघि नयाँ बानेश्वर चोकमा मर्निङ वाकमा निस्किएका डा।पुष्प जोशीको पनि सवारीसाधनकै ठक्करबाट मृत्यु भएको थियो ।

त्यस्तै, २०७६ मङ्सिर ११ गते, टेकुमा राति २ बजेर ५२ मिनेटमा भ्यानको ठक्करबाट १८ वर्षीय जीवनबहादुर सिंहको घटनास्थलमै मृत्यु भयो । सवारी चालक कुमार श्रेष्ठलाई प्रहरीले ६ दिनपछि पक्राउ ग-यो ।

उपत्यकामा अहिले ‘हिट एण्ड रन’का घटनाहरु निकै बढेका छन् ।

सवारी चालकको चरम् लापरवाहीका कारण आजभोलि यस्ता घटना बढेको बताउँछन् महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठ । पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा उपत्यकामा जम्मा ३ सय १८ वटा ‘हिट एण्ड रन’ घटनाका निवेदनहरु दर्ता भएका छन् । ‘जसमध्ये २ सय १४ वटा घटनामा संलग्न व्यक्तिलाई प्रहरीले कारवाहीको घेरामा ल्याइसकेको छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘१ सय ४ वटा घटनाका अभियुक्त भने अझै फरार छन् ।’

हिट एण्ड रन घटनाको कारण  ? 
उपत्यकामा भएका हिट एण्ड रन घटनाको अनुसन्धान अनुसार यस्ता घटनाको मुख्य कारण चालकको चरम लापरवाही नै रहेको देखिन्छ । प्राय सम्भ्रान्त परिवारका सदस्य राति अबेरसम्म क्लब, डिस्को वा पार्टीमा मदिरापान गर्ने र नसामा अनियन्त्रित भइ सवारी चलाउँदा अरुलाई ठक्कर दिने प्रवक्ता श्रेष्ठले खुलाए ।

‘त्यस सँगसँगै प्राय घटना सवेरै झिसमिसेमा हुनुले के पनि देखाएको छ भने सवारी चालकले मौसमका कारण वा अनिदोका कारण पनि प्रष्टसँग देख्दैनन् र दुर्घटना हुन पुग्छ,’ उनले लोकपथसँग कुराकानीका क्रममा भने ।

फेरि हिट एण्ड रन घटनामा प्राय पैदलयात्रुकै ज्यान जाने गरेको पनि उनले बताए ।

 

काठमाडौंमा मात्रै ६ हजार ४ सय ३६ वटा दुर्घटना

प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार पुस मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने यस आर्थिक वर्ष २०७६/७७ मा ९ हजार २ सय ४३ वटा दुर्घटना भइसकेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ हजार ४ सय ३६ वटा दुर्घटना भएको छ ।

तस्वीर गूगल

जसमा ९१ जनाले ज्यान गुमाएका छन् भने १ सय ५६ जना गम्भीर घाइते भएको देखिन्छ ।

उपत्यकामा भएको दुर्घटनामा मृत्यु हुने ९१ जनामा ३८ जना पैदल यात्रु रहेका छन् ।

अघिल्लो वर्ष सवारीसाधनको ठक्करबाट ९३ जना पैदल यात्रुको मृत्यु भएको थियो उपत्यकामा ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार उपत्यकाका सडकहरु निकै साँघुरा र अव्यवस्थित भएकाले पनि यस्तो घटनामा वृद्धि भएको हो । पैदलयात्रुका लागि फुटपाथ, सडकपेटीहरु बनेकै छैनन् कतिपय सडकछेउमा । जोखिम मोलेरै सडकबाट हिँड्नुपर्ने बाध्यता छ ।

‘उपत्यकाको जनसङ्ख्या दिनानुदिन वृद्धि हुँदैछ तर, सडकहरु जस्ताको त्यस्तै अनि हिँड्नेलाई पनि सास्ती, कुदाउनेलाई पनि सास्ती,’ उनी भन्छन् ।

‘फेरि हाम्रो शहर योजना बनाएर विकास भएको होइन, शुरुमा विकास भयो अहिले बल्ल योजना बन्दैछ त््यसैले पनि सडक अव्यवस्थित छ,’ श्रेष्ठ अगाडि थप्छन्, ‘त्यसमाथि सबैभन्दा ठूलो समस्या भनेको चालकहरुको लापरवाही हो, आफ्नो मोजमस्तीका लागि टन्न रक्सी खान्छन्, रातभरि पार्टी गर्छन् अनि गाडी हुइँकाउँछन् किन नहोस् दुर्घटना ?’

कहिलेकाहीँ पैदलयात्रुकै गल्तीले पनि दुर्घटना हुने बताउँछन् उनी । ‘आकाशे पुलबाट नहिँड्ने, जेब्रा क्रसिङबाट बाटो नकाट्ने, जहिल्यै हतार हुने आदिजस्ता गलत प्रवृत्ति पैदल यात्रुले पनि हटाउनु जरुरी छ,’ प्रवक्ता श्रेष्ठ भन्छन् ।

त्यसैले, पैदलयात्रु, सवारी चालक, सहयोगी, विद्यार्थी आदि सबैजनामा सडक अनुशासन सम्बन्धि जनचेतना जगाउन महानगरीय ट्राफिक प्रहरीले ‘ट्राफिक उज्यालो अभियान’ पनि शुरु गरेको छ ।

त्यस सँगसँगै ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना चिट काट्ने नियम पनि चुस्त दुरुस्त रुपमा लागू गरिरहेको उनले सुनाए । चालु आवमा मात्रै ट्राफिक प्रहरीले काठमाडौंमा २ लाख ९५ हजार ६ सय ९७ वटा चिट काटेको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?