धादिङ । धादिङको कालिदह नजिकै जंगलमा २ जना मृत अवस्थामा भेटिएका छन् । सिद्धलेक गाउँपालिका वडा नं १ नलाङ कालिदहका ५७ बर्षीय नकुल सापकोटा र ३८ बर्षीय भीमबहादुर गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल धादिङ लगिएको छ । उनीहरु दिउँसो वडा कार्यालय गएको र फर्कनेक्रमा मदिरा सेवन गरेकोले जंगलको बाटोमा अन्दाजी ३० फिट माथिबाट खसेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
अहिले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया