काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद तथा सरकारलाई तिब्र गतिमा अगाडि बढाउनु पर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई शुभकामना दिदै संसद विलम्ब भएको बताएका हुन् ।
उनले भने–‘हामी अलिक विलम्ब भयौ, अव संसद तथा सरकारलाई तिब्र गतिमा अघि बढाउनु पर्छ । अव हामीले विलम्ब गर्नु हुँदैन् ।’
सभामुख चयनसमेत ढिला भएकोले अव सम्पूर्ण एक भएर लाग्नुपर्ने उनले बताए ।
उनले थुप्रै विधेय पारित गर्नुपनै, ऐन निर्माण गर्नुपर्ने, विभिन्न प्रस्ताव पारित गर्नुपर्ने भएकाले संसद तथा सरकार तिब्र गतिमा लाग्नुपर्ने उनको भनाई थियो ।
उनले दलहरुबीचको एकता नभएको समयमा विभिन्न प्रतिगामी कदमहरु हुने गरेको विगतका घटना स्मरण गर्दै एकबद्ध भएर मुलुकको एजेण्डा र विकासलाई शुसासन तर्फ केन्द्रीत गर्नुपर्ने जरुरी रहेको बताए ।
कानूनको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको भन्दै आग्रह, पुर्वाग्रह र अनावश्यक बहसमा अल्झन नहुने टिप्पणी गरे ।
विज्ञान, प्रविधि र कनेन्टीभिटीको दृष्टिमा दुनिया तिब्र गतिमा अगाडि बढेको त्यो गतिलाई समाउन नसक्ने हो भने समय खेर जाने भन्दै उनले विकासको गतिलाई समाउन सक्ने गरि अघि बढ्न सबैलाई आव्हान गरे ।
उनले केही दिनपछि आफुले आजको आवश्यकता र समसामयिक विषय बारे नेपाल सरकारको दृष्टिकोण राख्ने पनि जानकारी गराए ।
उनले भ्रमण बर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपुर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताए ।
उनले भने “नया बर्ष २०२० लाई हामीले नेपाल भ्रमण बर्षको रुपमा अगाडि सारेका छौ । यसमा अलिकतिसुरु मै हामीलाई केही धक्काका संकेतहरु प्राकृतिक दृष्टिले देखा परेका छन् । जसलाई हामीले सावधानी पुर्वक सामना गर्नुपर्ने छ । सरकार त्यसको तयारीमा सरकार लागेको छ । ”
सर्वसम्मति सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै उनले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने तथा समाजको पनि मेलमिलापयुक्त चरित्र बोकेकाले संघर्षका उपलब्धिको टुंगो पनि मेलमिलापयुक्त ढंगबाटै गर्नुपर्ने उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया