जनकपुरधाम। प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा÷मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ । यही माघ २ बाट प्रदेशका आठवटै जिल्लामा सञ्चालन भएको शिविरमार्फत अहिलेसम्म पाँच हजारभन्दा बढी छोरी बिमित भएका छन् ।
२०७५ माघ १ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रका अनुसार यही माघ १० सम्ममा पाँच हजार ४० छोरीको बिमा गरिएको छ । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया