स्किल विक 2020 सम्पन्न, विभिन्न ४ बिधामा नविल स्किल हिरोको घोषणा

काठमाडौं । आईतवार Skill Week 2020 को एक भब्य कार्यक्रमका बिच समापन गरिएको छ । उक्त कार्यक्रमको समापन Soaltee Crown Plaza मा गरिएको हो । Glocal Pvt.Ltd द्वारा सन्चालित कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिवको उल्लेखनीय उपस्थिती रहेको थियो जसमा उध्यमी, ब्यबसायी,सरकारी निकाय तथा अन्तरराष्ट्रिय संघ संस्था, संचारकर्मी एवम विद्यार्थीहरुको उपस्थिती थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दो सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई कार्यक्रम सन्चालन गरिएको आयोजकले जनाएको छ ।

Skill fest नामक कार्यक्रम जनवरी २५ गते किङ्स कलेजमा सन्चालित गरिएको थियो । जहाँ दर्जनौ युवाहरुको संलगनता रहेको थियो। सिपमुलक तालिम देखी रोजगारीको अवसरमा देखिने ग्यापलाई कम गर्ने लक्ष्य लिएर सन्चालन भएको यस कार्यक्रम युवाहरुका लागि एक खुल्ला मन्च साबित भयो । Skill festमा युवाहरुले सिपका बिभीन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउनको साथ साथै युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुर्याएको थियो। कार्यक्रमका मुख्य बिशेषताहरु छलफल, सिपमुलक प्रस्तुती, प्रदर्शनी, प्रतिस्पर्धा, कार्यशाला, तालिम, खाना तथा मनोरन्जन रहेका थिए।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता ,पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए। यसैबिच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाईGlocal Pvt.Ltd ले Nabil Skill Hero  बाट सम्मानित गरेको थियो।

पहिलो बिधा पर्यटनतर्फ Dwarika’s Hotel कि सभापति अम्बिका श्रेष्ठलाई Nabil Skill Hero बाट सम्मनित गरिएको थियो। त्यस्तै कला तथा संस्कृति बिधामा नेपालकी लोकप्रिय नायिका एवम कलाकार मिथिला शर्मालाई Nabil Skill Hero भनेर सम्मनित गरियो।

भने उध्यमशिलताबिधा तर्फ QFX, Quest Team का संचालक एवम नवउद्दमी युवाहरुको प्रेरणाको स्रोत णकिम उद्दिन तथा बिज्ञान तथा प्रबिधीतर्फ F1 Soft International अध्यक्ष विश्वाश ढकालपनि Nabil Skill Hero बाट सम्मनित भएका थिए। यि ४ बिधा का जाजवल्यमान प्रतिभालाई सम्मान गर्दै Nabil Skill Hero को शीर्षक प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?