अब कुकुरसँग कुकुरकै भाषामा कुरा गर्नुस् !

काठमाडौं ।  के घरमा पालेको कुकुरले तपाईकै भाषामा बोल्न सक्छ ? यदि सक्छ भने कसरी सक्छ ? यो कुराले तपाईलाई अचम्मित बनाउन सक्छ। तर अब मानिसले कुकुरसँग कुरा गर्न सक्नेछन् ।

त्यो दिन देख्न अब हामीले धेरै समय कुर्नुपर्दैन । अबको केहि समय पछि तपाईले कुकुरसँग आफ्नै भाषामा खुलेर कुरा गर्न सक्नुहुनेछ।

अमेरिकाका एक वैज्ञानिकले मानिसले कुकुरसँग कुराकानी गर्न सक्ने यन्त्रको निर्माण गर्न लागेका छन् । उक्त यन्त्रले आर्टिफिशियल इन्टेलिजेन्सको उपयोगबाट जनावरको भाषा र उसको अनुहारको भाव सजिलैसँग अंग्रेजीमा ट्रान्सलेट गर्नेछ।

एनबीसीको एक रिर्पोटमा उत्तरी एरिजोना विश्वविद्यालयका डाक्टर कान स्लाबेदिकोफले करीब ३० वर्षदेखि कुकुर र उसको संवादको तरिकाका बारेमा अध्ययन गरिरहेको बुरा उल्लेख गरिएको छ ।

रिर्पोटका अनुसार स्लाबेदिकोफ र उनका सहयोगीले एक एल्गोरिदम विकसित गरेका छन् । जसले कुकुरको भाषालाई अंग्रेजीमा ट्रान्सलेट गर्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?