ठेलागाढामा फलफूल बेच्नेले बनाए विद्यालय !

काठमाडौं । विद्यालयहरु बनाउँने जिम्मा हामी सरकारलाई दिन्छौँ । सरकारले बनाउँछ भनेर सरकारको मुख ताकेर बस्ने हाम्रो बानी छ । तर भारतको कर्नाटकका एक ठेलामा फलफूल बेच्ने ब्यापारीले गाउँको मुहार आफैले फेर्नुपर्छ भन्दै बहादुरीको काम गरेका छन् ।

कर्नाटकका हरेकाला हजाब्बा नामका ति व्यक्तिले फलफूल बेचेरै विद्यालय बनाएका छन् । उनको मिहेनतलाई सम्मान गर्दै भारत सरकारले उनलाई ‘पद्यश्री’ पुरस्कारले सम्मानित गर्ने भएको छ ।

उनी आफू पढेलेखेका नभए पनि आफ्नो गाउँका बच्चाहरुले अध्ययन गर्न सकुन् भनेर प्राथमिक तथा माध्यामिक विद्यालयको निर्माण गरेका हुन् ।

आज सम्म पनि विद्यालय जान नपाएका त्यहाँका बच्चाहरुलाई शिक्षित बनाउँने उद्देश्यले ६८ वर्षीय हजाब्बाले विद्यालयको निर्माण गरेका हुन् ।

हजाब्बाको पसलमा एकदिन विदेशीहरु फलफूल किन्न भनेर आएका थिए, तर उनी पढेलेखेका नभएकै कारण भाषा बुझ्न सकेनन् र त्यतिकै ग्राहकहरु  फर्किएर गए ।

त्यसपछि उनले विद्यालय बनाएर आफ्ना बालबच्चालाई पढाउँछु भन्ने संकल्प गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?