२२ लाखका ३६ वटा घडी चोरेकी महिलालाई १५ वर्ष जेल

काठमाडौं । मोरक्कोका राजा मोहम्मद भीआईको घडी चोरी गरेको आरोपमा एक महिलालाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।

ति महिला सरसफाई कर्मचारी हुन् । उनले महलमा काम गर्दै गर्दा राजा मोहम्मद भीआईका ३६ वटा घडी चोरेकी थिइन् । महिलाले राजाका चोरेका ति घडीहरुको एउटाको मूल्य २२ लाख पर्छ । घडी चोरी गर्ने महिलाको नाम भने खुलाइएको छैन ।

महिलाका साथै घडी किन्नेहरु १४ जनालाई पनि ४ वर्षको जेल सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार महिलाले राजाको घडीमा जडित रत्नहरु भने निकालेकी छिन् ।

रत्न निकाले पछि उनले ति घडीहरु बेचेकी थिइन् । उनले त्यो पैसाबाट कार, बहिनीका लागि अपार्टमेन्ट किनेकी थिइन् । मोरक्कोका राजा मोहम्मद भीआईलाई संसारमा लग्जरी लाईफ व्यतित गर्ने राजाको रुपमा चिनिन्छ ।

राजा मोहम्मद घडी लगाउँन र पेन्टिङ किन्न एकदमै रुची राख्छन् । सन् २०१८ मा उनको एउटा फोटो भाइरल भएको थियो ।

त्यो बेला उनले पटेक फिलिपको १२ करोड ८ लाखको घडी लगाएर कार्यक्रममा उपस्थित भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?