धर्तीमा मात्र होइन,बुध ग्रहमा पनि जान्छ भूकम्प, वैज्ञानिकहरुले गरे अनौठो खुलासा…

काठमाडौं । सूर्यको सबैभन्दा नजिक रहनेवाला ग्रहलाई बुधको नामबाट चिन्ने गरिन्छ । यो सबैभन्दा सानो ग्रह पनि हो । यो ग्रह पृथ्वीजस्तै देखिने गर्छ ।

साथै पृथ्वीमा जस्तै बुध ग्रहमा पनि भूकम्प जान्छन् । तर बुध ग्रहको वायुमण्डल मौसम रहित हुन्छ । त्यसैले यो ग्रहमा जीवन सम्भव नरहेको वैज्ञानिकहरु बताउँछन् । हालै मात्रको अनुसन्धानमा वैज्ञानिकहरुले अचम्मको खुलासा गरेका छन् ।

वैज्ञानिकहरका अनुसार बुध ग्रह आकाशमा सबैभन्दा तेज गतिमा घुम्ने ग्रह हो । यसले ८८ दिनमा नै आफ्नो परिक्रमा पुरा गर्छ ।

बुध ग्रहको सतह भन्दा तल पृथ्वीको जस्तै टेक्टोनिक प्लेट्स हुन्छ । त्यसैले बुध ग्रहमा पनि भूकम्प आउँने गरेको वैज्ञानिकहरुले बताएका हुन् ।

बुध ग्रहलाई विहान वा साँझको तारा भनेर पनि चिन्ने गरिन्छ । किनभने यो ग्रह सूर्य उदाउँनुभन्दा ठीक अगाडि र सूर्य अस्ताउँनु भन्दा ठीक पछाडि आकाशमा देख्न सकिन्छ । यो ग्रह आकाशमा आँखाले देख्न सकिने पाँच ग्रहमध्येको एक हो ।

४ अर्ब वर्ष पहिलेदेखि नै यो ग्रहमा बिभिन्न बदलाव हुँदै आइरहेको छ । त्यसैले अहिलेसम्म आईपुग्दा बुध ग्रहको सतह लगभग ७ किलोमिटर सानो भएको छ । बुध ग्रहको सतह लगातार खुम्चिँदै गईरहेको वैज्ञानिकहरुको दाबी छ ।

बुध ग्रहमा ठूला-ठूला चट्टानहरु पाइन्छन् । वैज्ञानिकका अनुसार धुम तथा केतु बुध ग्रहसँग ठोक्किँदा यी चट्टानहरु बनेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?