मोबाइलबाटै भन्सार जाँचपास

काठमाडौँ। भन्सार जाँचपास प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मोबाइलबाटै जाँचपास गर्न सकिने सुविधा थप गरिएको छ ।

भन्सार बिन्दुका तोकिएका कर्मचारीले प्रयोग गर्न पाउने गरी मोबाइल एपमार्फत नै जाँचपास प्रक्रिया पूरा गर्न सकिने व्यवस्था भन्सार विभागले सुरु गरेको हो । आइतबार ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित औपचारिक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त एप्स सार्वजनिक गरेका हुन् । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?