यस्ता छन् अग्नी सापकोटाका ८ चुनौति, सक्लान त पार लगाउन ?

काठमाडौं – प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता अग्नि प्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन्। यससँगै उनी प्रतिनिधि सभाका ८ औँ सभामुख बनेका छन् ।

हिजो आईतबार भएको बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेद्वारीको सूचना प्राप्त भएकाले प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणापछि खादा र माला लगाउँदै उनी बाहिरीएका थिए । सञ्चारकर्मीसँग  आफू निर्वाचित भएपछि सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन्।

यस्ता छन्, अग्नी सापकोटाका ८ चुनौति
सापकोटाले सभामुखको कुर्सीबाट आफ्नो कस्तो भुमिका खेल्नेछन् त्यो हेर्न बाँकी नै छ । अव सापकोटाको अग्नि परिक्षाको घडी पनि सुरु भएको छ ।

उनले विभिन्न चुनौतिको सामना गर्नुपर्ने छ । सापकोटाले सामना गर्नुपर्ने ८ चुनौतिहरु

१. एमसीसी

सभामुको पहिलो चुनौतिमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छ । जुन सत्ता पक्षहरुबीच नै मतभेत छ ।
जुन संसदबाट अनुमोदन गराउनेरनगराउने भन्नेमा नेकपाभित्रै विवाद छ । यसका लागि अव सापकोटा यसका लागि खरो उत्रिनु पर्नेछ ।

२. सदन सन्तुलन बनाउनु 

सापकोटाको अर्को चुनौति भनेको सत्तापक्ष र प्रतिपक्षलाई सन्तुलित ढंगबाट सदन सञ्चालन गर्नु । अनि नेकपाका शिर्ष नेतासँगको प्रतिवद्धता समेत पुरा गर्नुपर्ने उनको चुनौति छ । उनी सभामुख भएपछि सरकारको आफ्नो अनुकुल नीति तथा कार्यक्रम, विधेयक पास गराउन दवाव झेल्नु पर्ने हुन्छ । प्रधानमन्त्री ओलीले आफ्ना कार्यक्रम संसदबाट अनुमोदन गराउन सजिलोको लागि उनीने पहिले देखिनै आफु अनुकुलको पात्रको खोजिमा थिए । ओली आफ्नो मिसनमा फेल भएपछि त्यसको कुण्ठा आगामि यात्रामा झनै डरलाग्दो हुने राजनीतिक विश्लेषकहरुले अड्कल काट्न थालेका छन् । यस्तो अवस्थामा संसदीय मर्यदाको साख जोगाइ राख्नु उनको कर्तव्य हुनेछ ।

३. संसदमा विधेयकको थुप्रो

संसदमा महिनौंदेखि नागरिकता विधेय, राष्ट्रिय परिचयपत्र सम्बन्धि विधेयक, लोकसेवा आयोग सम्बन्धि विधेयक, सुरक्षा परिषद् सम्बन्धि विधेयक, मिडिया काउन्सिल विधेयक लगाएत दर्जनौ विधेयकको चाङ रहेको छ । सबैभन्दा जटिल विषय रहेको नागरिकता सम्बन्धि विधेयक र विवादित मिडिया काउन्सिल विधेयक संसदबाट पारित गर्न निकै चुनौति रहेको छ ।

४. दलको नियन्त्रणमा रहेको नदेखिनु

नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रिय पात्रका रुपमा चिनिएका उनी आफु दलको नियन्त्रणमा नरहेको देखिनु । सत्तारुढ दलको नियन्त्रणमा संसद नरहेको अनुभूति दिलाउनु उनका चुनौति हुन् । त्यस्तै सरकारलाई संसदप्रति पूर्ण उत्तरदायि बनाउनु उनको स्थायी चुनौति हुन् ।

५. उनैलाई लागेको द्वन्द्वकालिन मुद्दा

माओवादी द्वन्द्वकालमा काभ्रे दाप्चाका अर्जुन लामाको हत्या आरोपमा सापकोटामाथि लामाकी श्रीमति पूर्णिमा लामाले अदालतमा मुद्दा दायर गरेकी छिन् ।अहिले त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । उनले सत्य निरुपण तथा वेपत्ता छानविन आयोगमा समेत उजुरी दिएकी छिन् ।

तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा विभागिय मन्त्री रहेका सापकोटाविरुद्ध २०६८ सालमा तत्कालिन इन्सेकका अध्यक्ष सुशील प्याकुरेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । प्याकुरेल अहिले राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार रहेका थिए । उनले यहि विषयलाई लिएर सल्लाहकारबाट समेत राजीनामा दिइसकेका छन् । व्यक्ति हत्या र मानव अधिकार हनन् गरेको अभियोग लागेका सापकोटाको मुद्दा कस्तो रुपमा सुनुवाई हुन्छ भन्ने पनि छ ।

६. विपक्षीको रबैया : अहिले विपक्षी कांग्रेसले सभामुखमा उम्मेद्वार नदिएर सापकोटाप्रति ‘नरम’ नीति अपनाए पनि संसद संचालनका बेला विपक्षीको आक्रामक रवैया सभामुख सापकोटाका लागि ‘चुनौती’ बन्न सक्छ।

७. मिनेन्द्र रिजालको त्यो प्रश्न  :  सापकोटाका आगामि दिन कति चुनौतीपूर्ण छन् भन्नेकुरा कांग्रेस नेता मीनेन्द्र रिजालले संसदमा बोलेको कुराले प्रष्ट गर्छ। ‘एउटा आवाज आएको छ। भोलीको दिन विधिको शासनले चल्छ चल्दैन ? संविधानले भने अनुसारको बाटोमा हिँड्छ हिँड्दैन ?  लोकतान्त्रिक स्पेस खुम्चिन्छ खुम्चिदैन ?  आशंका छन्, त्यो पाटो पार लाग्छ कि लाग्दैन,’ संसदमा सापकोटाका बारेमा बोल्दै रिजालले भने, ‘उहाँ  (अग्नी सापकोटा) ले त्यो काम पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ? भरोसा जित्न सक्नु हुन्छ कि हुँदैन ?  नेपाली कांग्रेसको तपाईप्रति भरोसा छ। यी आशंकालाई भोली कार्यसम्पादन गर्नेक्रममा कसरी शान्त गर्दै जान सक्नु हुन्छ ? यो तपाईको परीक्षा हो।’

८. पूर्वसभामुखको त्यो अभिव्यक्ति  : सापकोटालाई सभामुखको रुपमा संसदमा प्रस्ताव गर्दै नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ्ले पनि सापकोटाका आगामि दिन चुनौतीपूर्ण छन् भन्ने संकेत गरे। ‘सिंगो संसदलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने भूमिका उहाँले पूरा गर्नुपर्छ। पारदर्शिता र जवाफदेहितालाई स्थापित गर्ने प्रक्रियालाई नेतृत्व गर्नुपर्छ। यो विश्वासमा उभिएर उहाँले संसदको नेतृत्व गर्नुपर्छ,’ नेम्वाङ्ले भनेका छन्।

अग्नि सापकोटाको हेडसरदेखि सभामुखसम्मको यात्रा

प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटा सभामुख चयन भएका छन् । उनी निर्विरोध सभामुख चयन भएका हुन् । मंगलबार उमेदवारी मनोनयनमा अन्य दलका कसैले उमेदवारी नदिएपछि निर्विरोध भएका हुन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले उनलाई निर्विरोध चयन गरेको घोषणा गरेको छ । उक्त घोषणा पश्चात उनले सभामुखको अध्यक्षता ग्रहण गरेका छन् ।
धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) ले सभामुखको उमेदवार बनाएको थियो ।

रित्त रहेको सभामुखमा नेकपाले लामो प्रयासपछि सापकोटालाई उम्मेदवार बनाएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि सापकोटा निर्वाचित भएका हुन् ।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा होस् वा राजकीय जिम्मेवारीमा रहँदा नै किन नहोस् प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका नव निर्वाचित सभामुखमा सापकोटा नेकपाभित्र सादगी र इमान्दार नेताका रुपमा परिचित छन् ।

माओवादीले शुरु गरेको जनयुद्धमा सहभागी हुँदा होस् वा शान्ति प्रक्रियामा नै रहँदा नै किन नहोस् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लावासीले उनलाई ‘अग्नि सर’का रुपमा चिन्छन् ।

विसं २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रुपमा जन्मिएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गर्नुभएको छ । लामो समय शिक्षकका रुपमा सेवा गरेका कारण पनि उनलाई धेरैले अग्नि सरकारको नाम दिएका हुन् ।

नेता सापकोटा २०३५ सालमा नेकपा ९चौथो महाधिवेशन० बाट पार्टी राजनीतिमा लागेका हुन् । हाल नेकपा स्थायी कमिटी सदस्य रहनुभएका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा ९माओवादी०ले विजयी हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वाचित हुने एकमात्रै नेता हुन, उनी । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेको छन् ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरुपमा राजनीतिमा क्रियाशील छन् । विसं २०५१ मा तत्कालीन नेकपा  (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनले २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गरेका थिए ।

विसं २०५८ मा तत्कालीन नेकपा (मोआवादी)का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए ।

तत्कालीन एकीकृत नेकपा ९माओवादी० को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा ९माओवादी० को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गर्नुभयो । सानैदेखि विद्रोही स्वभावका सापकोटा कुविण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्याक हुने पहिलो व्यक्तिका रुपमा समेत परिचित छन् ।

धेरैले अग्नि सर भनेर नाम दिएका सापकोटालाई नेकपाले लामो बहस र छलफलपछि सभामुखको उमेदवार बनाउने निर्णय गरेको छ । स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका सापकोटा चिनिन्छन् ।

जनयुद्धकाल होस् वा शान्ति प्रक्रियामा समेत पार्टी, देश र जनताप्रति इमान्दार भएर लागेका सापकोटाकै पहलमा लामो समयदेखि बन्द भएको तातोपानी नाकासमेत खुलिसकेको छ ।

राजधानीमा भन्दा जनताको घर आँगनमा नै रमाउन चाहने सापकोटा पार्टीभित्र स्पष्ट विचार राख्ने नेतामध्ये एक हुन् । पार्टी राजनीतिमा अधिकांश समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ सहयोग दिँदै आएका सापकोटाले यसअघि तत्कालीन एकीकृत नेकपा९माओवादी०को पार्टी प्रवक्ताको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

नेकपाको बहुमत रहेको प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउने र नीति निर्माणमा विगतमा जस्तै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने दायित्व समयक्रमले सापकोटाको काँधमा ल्याइदिएको छ । यो जिम्मेवारीलाई उनले कुशलतापूर्वक सम्हालेर सङ्घीय संसद्लाई थप जनमुखी बनाउने विश्वास उनलाई अग्नि सरको उपमा दिने धेरैले लिएका छन् ।

यद्यपि, सापकोटाको नाम सार्वजनिक भएलगत्तै द्वन्द्वकालसँग जोडिएको एउटा हत्याकाण्डको मुद्दा बहसमा आएको छ । काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटामाथि मुद्दा चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा सहमति भएपछि उनलाई सभामुख बनाइएको हो । नेकपाका पार्टी महासचिव विष्णुप्रसाद पौडेलका अनुसार प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सचिवालयलमा सर्वसम्मतिले निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

अग्नि सापकोटाको हेडसरदेखि सभामुखसम्मको यात्रा

अग्नि सापकोटा निर्विरोध सभामुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?