भिजा एक्सपायर भएपछि समुन्द्रबाट पौडिएरै अष्ट्रेलिया जान खोजे यी मानिस…!

काठमाडौं । संसारमा भएका अनौठा खबरहरु हामीले दिनहुँ जसो नै सुन्दै र पढ्दै आएका छौँ । तर भिजाको डेट सकिएपछि एक व्यक्तिले उठाएको यो कदमबारे थाहा पाएर तपाई पनि अचम्ममा पर्नु हुनेछ ।

अल्जेरियाका एक व्यक्तिले पूर्वी तमोरबाट पौडिएर अष्ट्रेलिया जाने फैसला गरेका थिए । ति व्यक्तिले आफ्नो भिजाको डेट सकिएपछि समुन्द्रबाट पौडिएर अष्ट्रेलिया जाने फैसला गरेका हुन् ।

अल्जेरियाका ति मानिसको लागि ५ सय ७० किलोमिटर लामो समुन्द्र तरेर अष्ट्रेलिया जानु सम्भवको कुरा थिएन । तर उनले समुन्द्र तरेर अष्ट्रेलिया जाने फैसला गरे र ११ जनवरी सन् २०२० मा अष्ट्रेलिया जान भन्दै समुन्द्रमा पौडी खेल्न थाले ।

तर उनी धेरै समय समुन्द्रमा तैरिन सकेनन् र डुब्न पुगे । उनलाई त्यहाँ रहेका एक माझीले बँचाउन सफल भए । एक रिपोर्टका अनुसार अल्जेरियामा बस्ने हमी नौम्ना अब्दुल रहमानले आफ्नो भिजाको डेट सकिएका कारण समुन्द्रबाट तरेर अष्ट्रेलिया जाने बताएका थिए ।

पूर्वी तिमोरको राजधानी डिलीमा यी व्यक्ति डिसेम्बर सन् २०१९ मा टुरीस्ट भिजाबाट त्यहाँ आएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?