आफ्नो फोटाबाट अश्लील भिडियो बनाउँदै फेसबुकमा म्यासेज गरेपछि युवतीले गरिन् आत्महत्या

काठमाडौं । भाारतको पञ्जावस्थित बरनालमा बस्ने एक २१ वर्षकी युवती केहि वर्ष यता दुई युवकका कारण धेरै समस्यामा थिइन् । उनलाई ति युवकहरु एनको फोटोलाई बिगारेर नाङ्गो फोटो बनाउँदै पठाउँने गर्थे । यसबारे युवतीका परिवारले प्रहरीकोमा गएर उजुरी हाले ।

तर प्रहरीले यो घटनालाई गम्भीरताका साथ लिएन । त्यसैले गर्दा नै युवतीले आत्महत्या गरिन् । उनले सामाजिक सञ्जालमा लाइभ गर्दै आत्महत्या गरेकी छिन् ।

कुलविन्दर सिंहकी छोरी मनु रानीले प्रहरीले उनको घटनालाई बेवास्था गरेको भन्दो आत्महत्या गरेकी हुन् । मृतक मनुका पिताका अनुसार मनुलाई केहि समय यता दुई युवकहरुले समस्या दिइरहेका थिए ।

उनलाई अश्लिल भिडियो बनाएर म्यासेज गरेका थिए । यो कुरा थाहा पाएपछि उनले आफ्नी छोरीलाई पढ्नको लागि मलेशिया पठाएका थिए । उनलाई त्यहाँ पठाएपछि छोरी सुरक्षित हुने लागेको थियो । तर ति युवकहरुले मनुलाई अश्लिल भिडियो बनाएर पठाउँन छोडेनन् ।

१६ जनवरीको राती आरोपित युवकले मनुलाई भिडियो कल गरेर अश्लिल भिडिठयो सामाजिक सञ्जालमा हालिलिँने धम्की दिएका थिए । यो सबै कुराको पिरले मनुले मलेशियामा नै झुन्डिएर आत्महत्या गरेकी छिन् ।

उनले फेसबुकबाट लाइभ गर्दै आत्महत्या गरेकी उनकी आमाले भारतीय सञ्चामाध्यामहरुसँग बताएकी छिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?