चन्द्रनिगाहपुरको बीच सडकमा शंकास्पद वस्तु फेला

रौतहट – रौतहटको चन्द्रनिगाहपुरको गौर सडकमा शंकास्पद वस्तु फेला परेको छ ।

सो स्थानलाई प्रहरीले सुरक्षित राखेको छ ।

चन्द्रनिगाहपुरको नेपाल बैंक अगाडि एउटा ब्याग र बोरा बिहानैदेखि देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम रहेको आशंकामा सो स्थानलाई सुरक्षित राखि डिष्पोजल टोली बोलाएको छ ।

गौरबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

स्थानीय त्रसित छन् ।

पछिल्लो समय विभिन्न स्थानमा शंकास्पद वस्तु फेला पर्न थालेपछि नागरिकमा त्रास फैलन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?