पोर्टो रिकोमा भूकम्प

काठमाडौं । क्यारेबियन द्वीप पोर्टो रिकोमा शनिबार ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । गत डिसेम्बरयता दैनिकजसो पोर्टोरिकोमा भूकम्पका धक्का महशुस गरिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

स्थानीय समय अनुसार अपराह्न ४ बजेर २० मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु जमिनको सतहबाट करिब १६ मिटर गहिराईमा रहेको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाउँदै स्थानीय मानिसहरु त्रसित भएर घरबाहिर निस्केको स्थानीय अधिकारीहरुले बताएका छन् ।

पोर्टो रिकोमा गत जनवरीमा ६.४ र ५.८ का शक्तिशाली दुईवटा भूकम्प गएर जनधनको क्षति भएपछि पोर्टो रिकोका गभर्नर वान्डा भाजक्वेजले गत जनवरी ७ मा आपतकालीन स्थितिको घोषणा घोषणा गरेका थिए ।

पोर्टो रिकोमा करिब ३४ लाख जनसंख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?