कपाल किन फुल्छ ? वैज्ञानिकको अनौठो खुलासा

काठमाडौं । के मानसिक तनावका कारण कपाल प्रभावित हुन्छ ? यदि हुन्छ भने कसरी ? तर अमेरिका तथा ब्राजिलका अनुसन्धान कर्ताहरुले मानसिक तनावले गर्दा कपालको रंग फेरिने बताएका छन् ।

उनीहरुले आफ्नो अनुसन्धानका क्रममा मुसाको परिक्षण गरेका थिए । मुसालाई गरिएको त्यो अनुसन्धानका क्रममा उनीहरुले धेरै मानसिक तनावले कपालको रंग परिवर्तन गराउँने गरेको बताएका हुन् ।

उनीहरुले परिक्षणका क्रममा प्रयोग गरेको मुसाको रौँ कालोबाट सेतो भएको हो । हार्वड युनिभर्सिटीका अनुसन्धानकर्ता यासिया सो र त्यससँग जोडिएका अन्य वैज्ञानिकहरुले मानसिक दबाबले कपालको रंग बदलिने बताएका हुन् ।

उनीहरुले भने “आफ्नो अनुसन्धानका क्रममा मानसिक दबाबले शरीरमा नकारात्मक प्रभाव पार्छ,हामीले गरेको मुसाको परिक्षणका क्रममा त्यसको कपाल मात्रै होइन, अन्य अंगहरु पनि बिग्रिएका थिए । ”

वैज्ञानिकहरुका अनुसार अनुसन्धानको यो पहिलो स्टेज हो । उनीहरुका लागि अब कपाल सेतो हुनबाट रोक्ने औषधी बनाउँन बाँकी छ ।

उनीहरुले औषधी खोज्ने काम अब झनै जटिल रहेको बताएका छन् । वैज्ञानिकहरुका अनुसार आम मानिसहरु ३० वर्षको पुग्दै कपाल सेतो हुन थाल्ने अनुसन्धानबाट पत्ता लागेको छ । तर उमेरका साथै मानसिक तनावले कपाल चाँडै सेतो हुने गरेको उनीहरुले अनुसन्धानबाट पत्ता लगाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?