टर्कीमा शक्तिशाली भूकम्पः १८ मृत्यु, सयौं घाइते

टर्कीमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको बिबिसीले जनाएको छ ।

स्थानीय समयअनुसार भूकम्प शनिबार बिहान ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको छ ।

टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायका अनुसार, भूकम्पको धक्कापछि ६० भन्दा बढी परकम्पनहरू महसुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?