सुस्तमनस्थितिकी किशोरीलाई १० रुपैयाँ दिएर बलात्कार !

काठमाडौँ । सुस्तमनस्थितिकी किशोरीको बलात्कार मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिंहदेवी गाविस घर भइ हाल भक्तपुरको सिपाडोल–६ बस्ने पूर्णबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

खड्काले ०७२ फागुन २१ गते खड्काले भक्तपुर जगातेकी सुस्तमनस्थिति भएकी १५ वर्षीया किशोरीलाई १० रुपैयाँ दिएर फकाउँदै सूर्यबिनायक नगरपालिका ६ स्थित आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए ।

उच्च अदालत पाटनको २०७५ कात्तिक २७ गतेको फैसलाले २ वर्ष ६ महिनाको कैद सजाय पाएका खड्का फरार रहेका थिए ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार भक्तपुरको सूर्यबिनायकबाट पक्राउ गरेको हो । खड्कालाई जिल्ला अदालत भक्तपुरमार्फत डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?