मदन खरेलको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको राजीनामा स्वीकृत भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । उनले केही दिनअघि आफ्नो पदबाट राजीनामा दिएका थिए ।
मन्त्री भट्टराईले खरेलको राजीनामा स्वीकृत गरेर सञ्चालक समितिको अध्यक्षमा पर्यटन सचिव केदारबहादुर अधिकारीलाई नियुक्त गरेका छन् ।
खरेलको कार्यशैलीप्रति मन्त्रीले असन्तुष्ट जनाउँदै आएको बेला उनी राजीनामा दिएर अष्ट्रेलियातिर लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?