दीपक मनाङेलाई कारबाही गर्न काँग्रेसले आवाज उठायो

पोखरा । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गर्ने गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई कारबाही गर्न काँग्रेसले माग गरेको छ । काँग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले अध्यक्ष मिलनलाई हातपात गर्नेमाथि कारबाही नभए सदनमा आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।
अध्यक्ष गुरुङमाथि हातपात गरेका प्रदेश सभा सदस्य दीपक मनाङेलाई प्रहरीले आजै नियन्त्रणमा लिइसकेको छ । दुईदिनअघि मनाङेले मुख्यमन्त्री कम फुटबलको विषयमा विवाद हुँदा गुरुङमाथि हातपात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?