रोहिंग्या जातिसंहारबारे अन्तर्राष्ट्रिय अदालतले आज फैसला दिने

काठमाडौं । संयुक्त राष्ट्रसंघको अदालतले बिहीबार म्यानमारको रोहिंग्या मुस्लिम जातिसंहारको मुद्दा अघि बढ्न दिने वा नदिने विषयमा आज घोषणा गर्ने भएको छ ।

म्यानमारको आयोगले केही सैनिकलाई अल्पसङ्ख्यकविरुद्ध युद्ध अपराध ठहर गरेको तर जातिसंहार अभियोगबाट मुक्त गरेको केही दिनपछि अन्तर्राष्ट्रिय न्याय अदालतको यो फैसला गरेको हो ।

सन् २०१७ मा रोहिंग्या जातिसंहारको अभियोगविरुद्ध आफ्नो देशलाई बचाउन म्यानमारकी नेतृ आङ साङ सुकी गत डिसेम्बरमा हेग पुगेकी थिइन् । बलात्कार, आगजनी र नरसंहारका कारण जनाउँदै झन्डै ७ लाख ४० हजार रोहिंग्या म्यानमारबाट बंगलादेश भाग्नुपरेको भन्दै यो मुद्दा मुस्लिम बाहुल्य भएको अफ्रिकी देश गाम्बियाले उठाएको थियो ।

अन्तर्राष्ट्रिय अदालतले आज यसको फैसला सुनाउँदै छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?