उपत्यकाका प्रहरीले सुरु गर्‍यो नागरिक सहजकर्ता सेवा

काठमाडौं । मानगरीय प्रहरी मातहतका कार्यालयमा आउने सवाग्राहीका लागि नागरिक सहजकर्ता सेवा सुरु गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलका अनुसार प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निस्पक्ष र पारदर्शी बनाउने उदेश्यले सेवा सुरु गरीएको हो ।

उपत्यकास्थित हरेक मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको ब्याज लगाई कार्यालयको गेटमा नागरिकहरूलाई सेवादिने गरि बस्ने व्यबस्था सुरू गरिएको उनले जनाकारी दिए ।

विभिन्न प्रहरी कार्यालयहरूबाट उक्त कार्यमा खटिएका प्रहरी पोखरेलले निर्देशन दिँदै भने, “हामी अन्यायमा पर्नेको साथी, सहयोगीका पक्षधर हौं । न्यायको लागी आउने जो कोही नागरिकलाई दिने हाम्रो सेवा सहज, सरल, समान, पारदर्शी, निष्पक्ष र छिटो छरितो हुनुपर्छ ।”

कार्यलयमा आएका सेवाग्राहीहरूले न्यायको लागि मसँग राज्य, सरकार, प्रहरी संगठन छ भन्ने अनुभुत गर्ने गरि बोली बचन र सहयोगी भावना सहितको सेवा दिन निर्देशन दिए ।

समस्यामा परेका नागरिक जस्तो क्षेत्रबाट आएको भएपनि उनिहरूको मानमर्यादा प्रतिष्ठा, समाजिक र पारिवारीक अवस्थालाई ख्याल गर्दै उच्च सम्मान र मर्यदाका साथ जो जुन काममा आएका हुन उनीहरुलाई उक्त सहजकर्ता सेवाको डेक्सबाट हुने पोखरेलले दिए ।

नागरिक सहजकर्ताको सेवा आजैबाट पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसरहरू, ट्राफिक महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसर ,अपराध महाशाखा र परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?