गाउँपालिकाकाे जिप सिकारुले हाँक्दा एक बालकको मृत्यु, वडाध्यक्षसहित ४ जना घाइते

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।

गाउँपालिकाको ग १ झ ३८९ नम्बरको जीपको ठक्करबाट पाँच बर्षीय बालक डिपु गाहाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते छन् ।

गाडीको ठक्करबाट मोटरसाईकलमा रहेका नवलपुरको हुप्सेकोट गाउँपालिका– ५ का वडाध्यक्ष पदमबहादुर राना समेत घाइते भएका छन् । गाउँपालिकाको कार्यालयमा कार्यरत अधिकृत शिवप्रसाद सुबेदीले गाडी सिक्न खोज्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीले रोकिराखेको ना१ब २५७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि जीप बाटो छाडेर घरमा ठोक्किन पुगेको थियो । आँगनमा खेलिरहेका बालकलाई ठक्कर दिएर उक्त गाडी घरमा ठोक्किन पुगेको थियो । जीपको ठक्करबाट बालकको मृत्यु भएको छ भएको छ भने बालकको आमा घाइते छिन् ।

बालकको आमा २६ वर्षीय मीना गाहाको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका ५५ वर्षीय भीमबहादुर लुंगेली र ७० वर्षीय पूर्णबहादुर लामा पनि सोही अस्पतालमा उपचाररत छन् । सुवेदी भने फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाको विरोधमा स्थानीयले बुधवार गाउँपालिका तथा वडा कार्यालयहरू बन्द गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?