दीपक मनाङ्गेविरुद्ध सार्वजनिक मुद्धा दर्ता

काठमाडौं । गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध मुद्दा दर्ता भएको छ ।

सांसद गुरुङविरुद्ध बुधबार जील्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको हो । उनीविरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सार्वजनिक मुद्धा दर्ता गरेका हुन् ।

मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हातपात गरेका थिए ।

सांसद मनाङ्गेले मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । उक्त मागबारे सम्बोधन गर्दै गर्दा आवेशमा आएर सार्वजनिकस्थलमै मनाङ्गेले अध्यक्ष गुरुङलाई मुक्का हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?