काँग्रेसले सभामुखमा उम्मेदवार नउठाएकोमा नेता केसीको असन्तुष्टि

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी नदिएकोप्रति नेता अर्जुननरसिंह केसीले असन्तुष्टि जनाएका छन् । उनले पार्टी प्रतिस्पर्धाबिहीन हुनुले भ्रमित बनाएको पनि टिप्पणी गरेका छन् ।

‘प्रमुख प्रतिपक्षले सत्ताको भाग,अंश र सौदाबाजी गर्नुहुन्न’, केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संविधानको रक्षा, भ्रष्टाचार, विधिहिनता, हत्या, हिंसा बलात्कार, महँगी, बेरोजगारी र जनसरोकारका विषयमा सशक्त भूमिका गर्ने हो ।’

उनले अगाडि भनेका छन्, ‘कहिले नीतिमा सहमति र अहिले सभामुख प्रतिस्पर्धा विहिनहुनुले स्थिति भ्रमित बनाएको छ।’

काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले सभामुख साझा हुने भन्दै काँग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको थियो । सभामुखमा नेकपाको तर्फबाट अग्नि सापकोटाको एकल उम्मेदवारी परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?