भारतको विधानसभा निर्वाचन : प्रधानमन्त्री र गृहमन्त्रीको परीक्षाको घडी

काठमाडौं । आउँदो दिल्ली विधानसभा चुनावले भारतका केन्द्रीय गृहमन्त्री अमित शाह नरेन्द्र मोदीको शासनमा कहाँ उभिएका छन् भन्ने कुराको संकेत गर्नेछ । यदी उनी चुनावी प्रचारको पोस्टरमा प्रधानमन्त्री नरेन्द्र मोदी र नव–निर्वाचित पार्टी अध्यक्ष जेपी नन्दासँगै देखिए भने त्यो सरकारमा दोस्रो वरियतामा रहेको व्यक्तिलाई सुहाउने कुरा होइन ।

चुनावी पोस्टरमा अमित शाहको आएन भने पनि त्यो उनको लागि राम्रो मानिनेछैन । धेरै अघिको कुरा पनि होइन, अमित शाहको परिचय कुनै पनि गल्ती नगर्ने नेताको थियो । चुनावी विज्ञ तथा आलोचकलाई गलत साबित गर्दै उनले नरेन्द्र मोदी वा उनका गुरु वा उनकै भाषामा ‘साहेब’को लागि कठिन भन्दा कठिन निर्वाचन जिताए । तर पछिल्लो समय भने गृहमन्त्री अमित शाह नरेन्द्र मोदीको छविमै असर पु-याउन जिम्मेबार देखिन थालेका छन् । भारतीय संविधानमाथि शाहको ‘ताण्डव’ले होसियारीपूर्वक निर्माण भएको मोदीको छविमै आघात पु-याएको छ ।

चुनावी मैदानमा पनि उनी कमजोर देखिन थाले । पछिल्लो समय मध्य–प्रदेश, छत्तिसगढ, राजस्थान, महाराष्ट्र र झारखण्ड राज्यमा पार्टीले राज्य सरकार गुमायो । ती निर्वाचनको नेतृत्व अमित शाहले गरेका थिए । शाहले गा-होसँग हरियाणमा भाजपाको गठबन्धन सरकार बनाउन सके ।

उनको छुच्चो र अहंकारी भाषाका कारण भाजपाले महाराष्ट्रमा हातमा आइसकेको सत्ता गुमायो । शाहले लामो समयदेखिको सत्ता सहकर्मी शिव सेनाबारेमा भनेका थिए ,‘ हामीले एउटा मुसालाई बाघ बनाइदियौं । र अहिले त्यो बाघ हामीलाई डराउन खोजिरहेको छ । हामीले मुसालाई उसको सही स्थान देखाइदिनुपर्छ ।’तर अन्तिममा सोही ‘मुसा’ले असम्भव काम गरेर देखाइदियो । तिनले वैचारिक शत्रुसँग हात मिलाएर सरकार बनाए र भाजपा स्तब्ध भयो ।

अघिल्लो वर्ष सेप्टेम्बरमा, गृहमन्त्रीले भारतलाई एकताको सुत्रमा बन्न हिन्दीलाई राष्ट्रिय भाषा बनाउनु पर्ने बताए । ‘एक देश, एक भाषा’नारामा शाहले केन्द्र सरकारको ‘तीन भाषा सुत्र’लाई ‘दुई भाषा सुत्र’ बदल्न खोजेका थिए । नयाँ व्यवस्था लागु भएको अवस्थामा भारतभर हिन्दी शिक्षण अनिवार्य हुनेछ ।

दक्षिणी भारतीय राज्य र विपक्षी यो विषयमा विरोधमा उत्रिए । गृहमन्त्री र केन्द्र सरकार हिन्दी लाद्ने निर्णयबाट पछि हट्यो ।
क्षति न्युनिकरण गर्नको लागि प्रधानमन्त्री मोदीले चेन्नईको सम्बाधनमा केही तमिल पदावली उच्चारण गर्नुपर्यो । त्यस्तै अमेरिकाको हुस्टनमा भएको ‘हाउडी मोदी’कार्यक्रमामा पनि उनले ‘सबै ठिक छ’लाई आठ वटा भारतीय भाषामा भन्दा तमिल पनि प्रयोग गरेका थिए ।
गृहमन्त्री शाहको असफलता जम्मू कश्मिरमा पनि देखियो । उनले आतकंवादी आक्रमण हुने डर देखाएर अमरनाथ यात्राको क्रममा बीचमा पुगिसकेकाहरुको तिर्थाटन रोकिदिएका थिए जसरलाई रातारात कश्मिर उपत्यकाबाट फिर्ता गरिएको थियो ।

यो कदमले उत्पन्न गराएको स्तब्धतामाझ जम्मु कश्मीरको विशेष संवैधानिक हैसियत उल्टाउने धरातल तयार पा¥यो । र केन्द्र सरकारले राज्यलाई दूई वटा भागमा टुक्राएर युनियन टेरिटोरीको हैसियतमा पु-यो ।

गृहमन्त्रीका रुपमा शाहले शान्तीपूर्ण रुपले भेला हुने लोकतान्त्रिक अधिकारलाई रद्द गरे । उनले कश्मिरका प्रत्येक दश कश्मिरीको लागि एक सेना हुने गरी सेना पठाए । कश्मीरका राजनीनिक नेता, व्यवसायी, वकिल र समाजिक कार्यकर्ताको पक्राउसँगै मुलधारको राजनीतिक प्रक्रिया रोकियो । त्यहाँको टेलिफोन र इन्टरनेट सेवा पनि रद्द गरिएको छ ।

यी कदमका कारण मोदीको अन्तराष्ट्रिय मन्चमा आलोचना भयो । अन्तराष्ट्रिय जगतमा प्रधानमन्त्री मोदीले धर्मनिरपेक्ष भारतलाई हिन्दू बहुसंख्यक राष्ट्रमा रुपान्तरण गर्न लागेको भनेर व्यापक विरोध हुन पुग्यो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यी कदमलाई फासीवादी एजेण्डा भन्दै अन्तराष्ट्रियकरण गर्न कुनै कसर बाँकी राखेनन् । पछिल्लो पाँच वर्षमा प्रधानमन्त्री मोदीको राजनता तथा आर्थिक विकासका अग्रदुतको जुन अन्तराष्ट्रिय छवि निर्माण भएको थियो त्यो अचानक धरासायी भयो ।

त्यसपछि गृहमन्त्री शाहले नागरिकता संशोधन विधेयकमार्फत देशमा आगो झोसेका छन् । नागरिकता संशोधन विधेयकपछि नेसनल सिटिजन रेजिस्टर(एनसीआर)लाई कार्यन्वय ल्याइने शाहको टिप्पणी छ । धेरै मानिस एनसीआरबाट पहिले आतकिंत भइसकेको छन् । यी सबबीच उता मोदीको लोकप्रियता र स्वीकार्यतामा घटिरहेको छ । पाँच वर्षअघि भारतका निडर किशोरकिशारी मोदी सरकारविरुद्ध ‘फासीवादी’को नारा लगाउदै सडकमा ओर्लिएलान भनेर कसैले सोचेका थिएनन् ।

भारतीय युवा अहिले संविधानको प्रस्तावना पढिरहेका छन् । ती राष्ट्रिय झण्डा बोकेर देशको नाममा नारा लगाइरहेका छन् ।
मोदीले कुनै समय तीन तलाकमा सम्बन्धविच्छेद हुने मुसलमान परम्परालाई अन्त्य गराउन कानुन ल्याउदा जो ‘मुसलमान दिदी–बैनी’को नाम लिएका थिए ती अहिले उनीविरुद्ध धर्ना बसिरहेका छन् । र तिनको समर्थनमा विभिन्न जातजाति, समुदाय र धर्मका मानिस अगाडि आएका छन् ।

यो गृहमन्त्रीको उनको गुरुको लागि नयाँ वर्षको उपहार रह्यो । केही अघिसमम प्रधानमन्त्री नरेन्द्र मोदीको घरेलु र अन्तराष्र्टिय मन्चमा उनको जुन स्थान थियो, त्यसलाई फिर्ता गर्ने हो भने उनले केही कदम चालिहाल्नुपर्छ । यसको लागि उनले जम्मु तथा कश्मिरमाथि लगाइएका प्रतिबन्धलाई फिर्ता लिने निर्णय लिनसक्छन् । त्यस्तै सरकारले नागरिकतालाई पुनरपरिभाषित गर्न लागेको प्रयासमा भएका गल्तीलाई सच्चाउनु पनि महत्वपूर्ण हुन सक्छ ।

तथापि यी मुद्दा हिन्दूत्वको मुल तत्व रहदै आएका छन् जसप्रति मोदी स्वयम प्रतिवद्ध छन् । यसका वावजुद मोदीले आफ्नो मुल विचारधारात्मक एजेण्डालाई परित्याग नगरी आफूलाई शाहबाट टाढा देखाएर आफ्नो छविलाई नविकरण गर्न सक्छ । यसका लागि पोर्टफोलियोमै बदलावको कदम पनि उठाउन सकिन्छ ।

अमित शाहलाई गृहमन्त्रीबाट परिस्थापन गर्दा केही सार्वजनिक आक्रोसलाई मत्थर गराउनेछ र साथमा मोदीको छविमा केही सुधार हुनसक्छ । अन्यथा उनले प्रधानमन्त्रीका लागि मित्रभन्दा शत्रु बनाउन जारी रहनेछ ।

अहिले नै शाहले गर्दा धर्मनिरपेक्षता जसरी भारतीय नागरिकमाझ आदर्शमा रुपान्तरण गरेको छ, हिन्दूत्व विचारकलाई चिढ्याइसकेका छन् । मोदी पुनरनिर्वाचित भएको ६ महिनाभित्र शाहले आफ्नो ‘साहेव’को छविमा आघात पु-याए ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?