सिमेन्टको मूल्यबृद्धिबारे बोल्यो सिमेन्ट उत्पादक संघ

काठमाडौं– नेपाल सिमेन्ट उत्पादक संघले हाल मागको करिव ३५ प्रतिशत क्लिङ्कर भारतवाट आयात गर्नुपरेको, भारतीय सीमा रक्सौलवाट क्लिङ्कर आयात रोकिन गएकोलगायतको कारणले सिमेन्टको मूल्य बढ्न पुगेको संघले जनाएको छ विरगंज स्थित दर्जनौ सिमेन्ट उद्योगहरु भारतवाट आउने क्लिङ्करमा आधारित रहेका तथा यी क्लिंकरणकै कारण उद्योगहरु क्रमशः वन्द हुने क्रममा रहेकाले अरवौंको लगानी धराशायी हुने अवस्था आएको समेत संघले बुधबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ माग अनुसारको आपुर्ति नहँुदा वजारमा अनावश्यक दवावको स्थिति श्रृजना हुने भन्दै संघले रक्सौलवाट क्लिङ्कर आयात सुचारु गर्नका लागी सरकारले गर्नुपर्ने सवै कार्यहरु अविलम्व गरी समस्या समाधान गरिदिन आग्रह गरेको छ संघले भएको वृद्धिलाई नियन्त्रण गर्न र हालको मुल्यलाई जति सक्दो कम गर्नको लागीसवै सदस्य उद्योगहरुलाई अनुरोध गरीसकेको भन्दै यसको प्रभाव वजारमा देखिने विश्वास पनि लिएको छ संघले देशको विकास निर्माणको काम, भुकम्प पिडित समुदाय तथा सम्पुर्ण उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दे उचित मुल्यमा सिमेन्टको आपुर्ति सुचारु गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?