हिमालयन बैंकको साधारण सभा माघ २९ गते, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्ने भएको छ । बैंकले १२ प्रतिशत नगद लाभांश तथा १० प्रतिशत वोनस शेयर दिने प्रस्ताबसहित साधारण सभा बोलाएको छ ।

बैंकको उक्त साधारणसभाले लाभांशसहित संस्थापक शेयरधनीहरुका तर्फबाट ५ जना सञ्चालकहरु निर्वाचन गर्नेछ । साथै बैंकको अधिकृत पूँजी वृद्धि गरि १२ अर्ब पुर्याउने साथै स्वतन्त्र सञ्चालकहरुको नियुक्ती सम्बन्धि जानकारी गराउने भएको छ । प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरिने बैंकले जनाएको छ ।

साधारण सभामा वितरण गरिने उक्त लाभांश प्रयोजनको लागि बैंकले माघ १३ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्नेछ । साथै १२ गतेसम्म शेयर धनी रहेका लगानीकर्ताले मात्रै बैंकको लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको २७ औँ साधारण सभा माघ २९ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?