युद्धमा बेपत्ता २० हजार व्यक्तिको मृत्यु भइसक्यो : राष्ट्रपति गोटाबय राजपक्ष

काठमाडौं । श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको स्वीकार गरेका छन् ।

कोलम्बोमा भएको संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसँगको भेटमा राजपक्षले सो कुरा बताएका हुन् । उनको कार्यालयले जारी गरेको वक्तव्यमा आवश्यक ‌औपचारिकता पूरा गरेपछि ती व्यक्तिहरूको मृत्यु प्रमाणपत्र बन्ने पनि जनाएका छन् । श्रीलङ्काको उत्तर र पूर्वी भागमा सयौँ परिवारले बेपत्ताहरूको अवस्था सार्वजनिक हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

धेरैले सन् २००९ मा गृहयुद्ध अन्त्य हुने बेला सेनासामु आत्मसमर्पण गरेका बेपत्ता व्यक्तिहरू सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा लिएका छन्, जसलाई सरकारले अस्वीकार गर्दै आएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?