बग्दादको ग्रीन जोन क्षेत्रमा तीन रकेट प्रहार

काठमाडौं । बग्दादको ग्रीन जोनभित्र तीन वटा कत्युसा रकेट खसेको छ । सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको ‘ग्रीन जोन’ क्षेत्रमा इराकी सरकारी भवन र अमेरिकी दूतावाससमेत कैयौँ विदेशी नियोगहरु छन् ।

रकेट बग्दादबाहिरको जाफरानीया जिल्लाबाट प्रहार भएको भनिएको छ । स्रोतका अनुसार तीनमध्ये दुई रकेट अमेरिकी दूतावास नजिकै खसेको थियो । रकेट खसेपछि ग्रीन जोनमा साइरन बजेको सुनिएको थियो ।

अमेरिकाले जनवरी ३ मा एक शीर्ष इरानी सैन्य कमाण्डरको हत्या गरेपछि इराकमा तनाव बढेको छ । पछिल्लो समय ग्रिन जोन क्षेत्रमा रकेट आक्रमणको घटना बढिरहेको छ र अमेरिकाले यसका लागि इरानसमर्थित अर्धसैन्य समूहलाई जिम्मेवार ठहराएको छ ।

तर आक्रमणको कसैले जिम्मा लिएका छैनन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?