नाङ्गो फोटो फेसबुककमा राखिदिने धम्की दिँदै बारम्बार बलात्कार !

मोरङ । मोरङमा युवतीलाई धम्की दिँदै बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय रविन आचार्य रहेका छन् । सामाजिक संजालमा फोटो राखिदिने धम्की दिँदै पटक–पटक बलात्कार गरेको भन्दै एक विवाहित महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आचार्यले प्रारम्भिक अनुसन्धानका क्रममा दिएको बयानमा बलात्कार गरेको खुलेको छ । उनले फेसबुकमार्फत् डर देखाउँदै धम्की दिएर युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफूले भनेको नमाने नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने भन्दै ‘ब्ल्याकमेल’ गर्दै बारम्बार बलात्कार गर्दै आएका थिए । बारम्बार घटना दोहारिन थालेपछि युवतीले यो कुरा श्रीमानलाई सुनाएर प्रहरीमा जाहेरी दिएकी हुन् ।

पक्राउ परेका युवाले पनि घटना स्वीकार गरेका छन् । प्रहरीका अनुसार युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?