बंगलादेशमा भएका बम बिस्फोटका १० दोषीलाई मृत्युदण्ड

काठमाडौं । बंगलादेशको एक अदालतले आज प्रतिबन्धित आतंकवादी संगठन हरकत उल जिहाद अल इस्लामी (हुजी) का १० सदस्यहरुलाई सन् २००१ म एक राजनीतिक रैलीमा भएको बिस्फोटको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ढाकाको तेश्रो अतिरिक्त मेट्रोपोलिटन शत्र न्यायालयका न्यायाधीश एम डी राबुल आलमले यो फैसला सुनाएका हुन् ।

२० जनवरी सन् २००१ म बंगलादेशको राजधानी ढाकाको पल्टन मैदानमा (सीपिबी) कम्युनिष्ट पार्टी अफ बंगलादेशको र्यालीमा भएको बिस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । साथै ५० जनाभन्दा धेरै घाईते भएका थिए ।

पछि (सीपिबी)का तत्कालिन अध्यक्ष मोनजुरल अहसान खानले यो घटनाको सम्बन्धमा अज्ञात मानिसहरुलाई आरोप लगाएर मुद्दा दर्ता गरेका थिए ।

सीआईडी इन्सपेक्टर मृणाल कान्ती साहाले २७ नोभेम्वर सन् २०१३ मा ढाकाका मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टमा दुई वटा आरोप पत्र पेश गरेका थिए ।

त्यसै अनुसार अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?