नासाले रेकर्ड गर्याे सूर्यबाट निस्किएको अलौकिक आवाज

काठमाडौं । के सूर्यले निकालेको कुनै पनि प्रकारको आवाज तपाईले सुन्नुभएको छ ? यदि सुन्नुभएको छ भने त्यसको आवाज कस्तो होला ? यो कुराले अहिले सबैलाई अन्यौलमा पारेको छ ।

भारतका आईपीएस अधिकारी किरण बेदीले एक ट्विट गर्दै यो बारेमा जानकारी दिएका छन् । उनले उक्त ट्विटमा एक लिंक पनि पोस्ट गरेका थिए ।

जसमा सूर्यबाट ॐ कारको ध्वनी निस्किने गरेको बताइएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सूर्यबाट ॐ कारको ध्वनि निस्किने गरेको दाबी गरेको छ ।

नासाले सूर्यबाट निस्किएको ॐ कारको ध्वनि रेकर्ड गरेको छ । यो रेकर्ड नासाका सोलर एण्ड हेलियोस्फेयरिक अब्जरवेटरीका वैज्ञानिकले गरेका हुन् ।

यो मिशन पुरा गर्न वैज्ञानिकहरुलाई २० वर्ष लागेको थियो । नासाका वैज्ञानिकहरुका अनुसार सूर्यको गतिमा भईरहेको बदलावका कारण सूर्यबाट निस्किने सौर्य किरण तथा बिस्फोटका कारण यो आवाज निस्किने गर्छ ।

सूर्यबाट निस्किने आवाज मानिसहरुले सजिलै सुन्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । यो आवाज लगातार निस्किनै रहन्छ ।

तर नासाका वैज्ञानिकहरुले आफ्ना उपग्रह तथा विज्ञानको सफलताका कारण सूर्यबाट निस्किएको आवाज रेकर्ड गरेको छ । साथै नासाले अहिले सूर्य शान्त र स्थिर नभएको पनि बताएको छ । एजेन्सीको सहयोगमा

नासाले लिएको सूर्यको आवाज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?