मकवानपुरमा एक युवती मृत अवस्थामा फेला, हत्या आशंकामा श्रीमान् पक्राउ

काठमाडौं । मकवानपुरमा आइतबार बिहान एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

हेटौंडा १८ दियावतीकी २५ वर्षीया मीना अधिकारी घर नजिकै एक्लेखेतमा मृत अवस्थामा फेला परेकी छिन् ।

घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले मीनाको श्रीमानलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?