परेवाको प्वाँखबाट वैज्ञानिकहरुले बनाए रोबोटिक फ्लाइङ्ग मेसिन

काठमाडौं । स्टेनफोर्ड युनिभर्सिटीका वैज्ञानिकले परेवाको प्वाँखबाट एक फ्लाइङ्ग मेसिन बनाएका छन् । फरक किसिमको यो फ्लाइङ्ग मेसिन बनाउँनको लागि परेवाका ४० वटा प्वाँखको प्रयोग गरिएको छ ।

फ्लाइङ्ग मेसिनको रिसर्च गर्ने टिमले यसलाई पिजनबोट नाम दिएका छन् । उक्त फ्लाइङ्ग मेसिन आफ्नो आर्टिफिसियल पाउ र औँलाको सहायतामा पंक्षीहरु जस्तै तरिकाले हावामा उड्न सक्छ ।

यहि कारणले नै यसको महत्व धेरै रहेको वैज्ञानिकहरुले बताएका छन् । पिजनबोट परेवाको जसरी नै आवाज निकाल्न सक्ने वैज्ञानिकहरुको दाबी छ ।

साथै पिजनबोटको अर्काे बिशेषता आफ्नो बाटो तय गर्ने देखि दिशा बदल्नेसम्म रहेको छ । यो पिजनबोट सिधै डाइव गरेर माथि उठ्न सक्छ ।

पंक्षिहरुको प्वाँख कोमल भएपनि परेवाको प्वाँख भने एकदमै मजबुत हुने गरेको अनुसन्धान कर्ता स्कालर एरिक चाङ्गले बताए ।

पंक्षी आफ्नो पंखाको सहायताले चाँडै दिशा मोड्ने भएकोले पनि पिजनबोटमा परेवाको प्वाँख जोडिएको हो । पिजनबोटमा लगाएका प्वाँख मेसिनमा नझर्ने गरि लगाइएको छ ।

प्वाँखहरु तेज हावाको रफ्तारमा पनि नखस्ने गरेर मेसिनसँग बाँधिएको छ । पिजनबोटका हरेक प्वाँखहरु परेवाले प्रयोग गरेजस्तै तरिकाले प्रयोग हुने वैज्ञानिकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?