अफगानिस्तानस्थित सेभ द चिल्ड्रेनको कार्यालयमा हमला

काबुल, १० माघ । अफगानिस्तानमा रहेको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी संस्था सेभ द चिल्ड्रेनको कार्यालयमा भएको हमलामा कम्तीमा पनि ११ जना घाइते भएका छन् अफगानिस्तानको जलालावादस्थित सेभ द चिल्ड्रेनको कार्यालयमा विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । बन्दुकधारीहरू त्यसपछि कार्यालयको भवनमा प्रवेश गरेका थिए स्थानीय सञ्चारमाध्यमहरूले बन्दुक चलेको आवाज सुनिएपछि नजिकैको विद्यालयका बालबालिकाहरू भागिरहेको देखिएको जनाएका छन् यद्यपि यो समाचार तयार पार्दासम्म कसले आक्रमण गरेको हो भन्ने खुल्न सकेको छैन । जलालावादलाई धेरैजसो तालिबान आतंकवादी लडाकुहरूले निसानामा पार्ने गरेका छन् काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारी प्रवेश गरेर हमला गरेको केही दिनमै यो अर्को हमला भएको हो । सो हमलामा परी कम्तीमा २२ जनाको मृत्यु भएको थियो बुधबार स्थानीय समय अनुसार विहान करिब ९ बजेतिर एकजना आत्मघाती बम हमलाकारीले सेभ द चिल्ड्रेनको हातामा कार बम विस्फोट गराएको प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन् हमलाकारीहरू र सुरक्षा फौजबीचको भीडन्त अझै जारी रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?