कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै कुटपिट

सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको समाचार छ ।

तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई निर्घात कुटेका छन् ।

बेलडाँडी गाउँपालिका–१ टाइगर बस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हातपात गरेका हुन् ।

महिनावारीका वेला घरको बाटो हिँड्दा आँखा लागेर भैँसीले दूध नदिएको आरोप लगाउँदै शाहले कुटेको पीडितहरूले बताएका छन् । गीता र ईश्वरी देउरानी–जेठानी हुन् ।नयाँ पत्रिकामा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?