पेस्तोलसहित जनकपुरबाट २ जनालाई प्रहरीले समात्यो

जनकपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयाका ४० वर्षीय जितेन्द्र यादव र सोही नपा वडा नम्बर ५ बस्ने ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
नियन्त्रणमा लिएका दुवैजनालाई शनिबार साझ तर्फ जनकपुरको भानु चोकबाट नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुकाे साथबाट चाइनिज पेस्तोल बरामभद भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?