हरिणको सिंङ जस्तो देखिने बस्तु सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ जडीबुडीस्थित सडकबाट एक जोडी हरिणको सिंङ जस्तो देखिने बस्तु सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने रामेछाप खाडादेवी गाउँपालिका-३ घर भएका २१ वर्षीय आयुष राना मगरलाई रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त बस्तु फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?