ओपीसी सिमेन्ट ३३ ग्रेडको रहने, गुणस्तर परिषद्को बैठकद्वारा अनुमोदन (पूर्ण पाठसहित)

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषद्को बैठकले विभिन्न २० ब्राण्डको गुणस्तर स्वीकृत गरिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार ४९ः२०४१ ओपीसी सिमेन्ट ३३ ग्रेडको रहने गरी नेपाल गुणस्तर परिषदको १०१ औँ बैठकबाट पुनर्परीक्षण गर्नुअघि हुने गरी अनुमोदन गरिएको छ । विभागले ३३ ग्रेडका लागि एउटा र ४३ तथा ५३ ग्रेडका लागि अर्को मापदण्ड स्वीकृत गरेको हो । भने अब उद्योगीले सरकारी मापदण्ड पूरा गरेको अवस्थामा ४३ र ५३ ग्रेड लेख्न समेत पाउने भएका छन् ।

यस्तै बैठकले विभिन्न ब्राण्डका एनएसका साथै आईओएस पनि अनुमोदन गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सेलुअर प्लाष्टिक र रबरसम्बन्धी विभिन्न ब्राण्ड अनुमोद गरिनुका साथै अन्य विभिन्न गुणस्तरसँग सम्बन्धित २२ वटा ब्राण्ड अनुमोदन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?