‘वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउनु पर्दैन’

उद्योग मन्त्री लेखराज भट्टले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउन नपर्ने बताउनुभएको छ ।

उहाँले सरकारले लगानी बढाउने राष्ट्रिय अभियान अन्तर्गत वैदेशिक लगानीलाई आकर्षित गरेको तर स्वदेशी लगानीकर्ताहरु प्रतिस्प्रधा गर्न सक्दैनौं की भन्ने चिन्तामा रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘अहिलेको उद्देह्य के हो भने लगानी बढाउन राष्ट्रिय अभियान कसरी अगाडी बढाउन सकिन्छ भन्ने हो, तपाईहरुलाई निजी क्षेत्र भनिन्छ अव अलिकति तपाईहरुम आतंक पैदा भएको जस्तो छ बाहिरको लगानीकर्ता आयो भने हाम्रो के हुने भन्ने पनि एउटा दवाव पैदा भएकाmे जस्तो छ त्यो लगानीलाई त तपाईहरुले स्वीकार्नुपर्छ भन्ने लाग्छ’ उहाँले सरकारले सबै लगानीकर्तालाई एउटै दृष्टिबाट हेरेकाले आतंकीत नहुन आग्रह गर्नुभयो । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रको विकास चुनौती र भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा मन्त्री भट्टले बाहिरि लगानीकर्तासँग प्रतिस्प्रधा गर्न सक्दैनौ भन्ने डर उद्योगी व्यवसायीहरुले हटाउनु पर्ने बताउनुभयो । उहाँले मुलुकमा आर्थिक समृद्धिका लागि औद्योगिकरण आवश्यक रहेको र त्यसका लागि उद्योगहरुको मुनाफा सुनिश्चित हुनुपर्छ भन्नेमा सरकार जानकार रहेको बताउनुभयो । उहाँले त्यसका लागि के कस्ता नीतिगत व्यवस्था आवश्यक छ सरकार छलफल गरी अगाडी बढ्न तयार रहेको समेत बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पछिल्लो समय नीतिगत व्यवस्थामा सुधार आएको तर यसको कार्यान्वयन पक्ष फितलो हुँदा उद्योगी व्यवसायीहरुले दुख पाउने गरेको बताउनुभयो । उहाँले कानून निर्माण हुनु अघि छलफल हुँदा हुने कुरा र विधेयकमा आउने विषय नमिल्ने गरेको समेत बताउनुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले लगानीको वातावरण निर्माण गर्न प्रयत्न गरिरहेपनि उद्योग दर्ता, इजाजत लिने प्रकृया झन्झटिलो र समय लाग्ने तथा बैंकमा देखिने समस्या र राजश्व लगायतका विषय हुने जटिलताका कारणले पनि लगानी प्रवद्र्धन हुन नसकेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?