सिरियामा आक्रमण २१ जनाको मृत्यु, ८२ जना घाइते

काठमाडौं । सिरियाको इडलिब प्रान्तमा सरकारी फौजको आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

विद्रोही लडाकु प्रभावित देशको उत्तर पश्चिम प्रान्तमा पछिल्लो समय सरकारी फौजले निरन्तर हमला गरेको छ । रुस र टर्कीबीच युद्धविरामपछि पनि अरिहा सहरस्थित तरकारी बजारमा आक्रमण भएको हो ।

आक्रमणमा नागरिक सुरक्षा समूहका स्वयंसेवक समेत मारिएका छन् । ८२ जना घाइते छन् । स्थानीय मिडियाका अनुसार मृतकको संख्या बढ्नसक्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?