यूएईमा श्रमिक बोकेको बस दुर्घटना, ६ नेपाली घाइते

काठमाडौं । युएईको अबुदाबीमा श्रमिक बोकेको बस दुर्घटना हुँदा नेपालीसहित पाँच जनाको मृत्यू भएको छ । दुर्घटनामा ६ नेपाली घाइते भएका छन् ।

यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किंएर दुर्घटना भएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ । तर थप विवरण आउन बाँकी रहेको नेपाली दूतावास यूएईले जनाएको छ ।

नेपाली दूतावासका अनुसार बसमा रहेका २४ श्रमिकमध्ये १६ जना नेपाली श्रमिक रहेको तर कति जनाको ज्यान गएको छ कति घाइते छन् भनेर हामी तथ्याँक संकलन भइरहेको छ ।

घाइतेको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ । बसमा नेपालीसहित अफ्रिका, श्रीलङ्का लगायतका श्रमिक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?