बालुवाटारमा पनि शंकास्पद वस्तु फेला, सेना र प्रहरी घटनास्थलमा

काठमाडौं । ललिता निवासकाे जग्गा हिनामिनामा जाेडिएका शाेभाकान्त ढकालकाे घरलाई लक्षित गरि बम विस्पाेट भएकाे केही घण्टा नबित्दै बालुवाटारस्थित ललिता निवासको विवादित जग्गामा पनि शंकास्पद वस्तु भेटिएको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङको स्टोर नजिकै शंकास्पद वस्तु फेला परेकाे हाे । कुकर जस्तो देखिने शंकास्पद वस्तुलाई निस्कृय पार्न नेपाली सेनाकाे बम डिस्पोजल टाेली घटनास्थल पुगिसकेको छ । बुधबार साझ नै विप्लव समूहले सोही प्रकरणका मुख्य डिजाइनर मध्येका एक भूमाफिया शोभाकान्त ढकालको घरमा बम पड्काएको थियाे भने विप्लव समुहले विवादित बालुवाटार जग्गा कब्जामा लिएको घाेषणा समेत गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?