काठमाडौं – तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको ३१ जना घाइते भएका छन् ।
देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका लागि पोखराबाट गएको प्रहरीको भ्यान दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ३१ जना प्रहरीमध्ये ५ जनाको अवस्था गम्भीर छ । बा १ ग २११८ नम्वरको गाडी दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको हो ।
गाडीमा ३४ जना प्रहरी सवार रहेका थिए ।
घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जुगेडीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया