प्रहरी जवान पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का रु २ हजार घुससहित पक्राउ परेका छन् ।
डियुटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात नियन्त्रणमा लिएको र पछि मिलाइदिने भन्दै घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोली उनलाई २ हजार घुससहित पक्राउ गरेको हो ।
उनलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?