काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट रु ८४ करोड २१ लाख बजेट संशोधन गरेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न छैटौँ नगरसभाले भौतिक पूर्वाधार विकास कार्यक्रमतर्फ रु ४५ करोड ६० लाख , सम्पत्ति खरीदतर्फ रु २७ करोड, सामाजिक विकास कार्यक्रमतर्फ रु एक करोड ६७ लाखसहित छ शीर्षकको रकम संशोधन गरेको हो ।
संशोधित बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रमतर्फ रु आठ करोड ४४ लाख, शिक्षातर्फ रु ५० लाख र चालु खर्चतर्फ रु एक करोड संशोधन भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रकम घटाएर तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा थपिएको हो ।
यसरी बजेट थप गरिएका कार्यक्रममा वडास्तरीय पूर्वाधार विकास, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम, महानगर विशेष पूर्वाधार कार्यक्रमलगायत छन् । त्यस्तै वडा नं २३ र ३० को कार्यालय भवनका लागि जग्गा तथा भवन खरीद, वडा नं १६ को भवन निर्माण, पार्किङ भवन निर्माण, ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना, विद्यालयमा कम्प्युटर ल्याब र विद्युतीय व्यवस्थापन प्रणाली स्थापनालगायत कार्यक्रम छन् ।
त्यस्तै कान्ति बाल अस्पतालमा रगतको कम्पोनेन्ट छुट््याउने उपकरण खरिद, गंगालाल अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा सञ्चालन, सामुदायिक स्वास्थ्य क्लिनिकको स्तरोन्नति लगायतका कार्यक्रम पनि शंशोधित बजेटमा परेको छ । सभामा लेखा समितिका संयोजक ध्रुव त्रिपाठी, बिधायन समितिका संयोजक नरेशमान महर्जन र शुशासन समितिक संयोजक हुमादेवी आचार्यले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कामपालाई सुशासनयुक्त बनाउन छरिएका कार्यालयहरुलाई एकै ठाउँमा बनाउनु पर्ने शुशासन समितिकी संयोजक आचार्यले बताइन् ।
समितिका संयोजकले देखाएको आवश्यकता र प्राप्त सुझाव कार्यान्वयनका विषयमा जवाफ दिँदै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले प्रतिवेदनका विषय अध्ययन गरेर कार्यान्वयनमा लैजान सकिने सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता जनाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया