आज नुवाकोटको तारुकासहित विभिन्न स्थानमा गोरु जुधाइ कार्यक्रम गरिँदै

काठममाडौं । माघे संक्रान्तिका अवसरमा आज नुवाकोटको तारुकासहित विभिन्न स्थानमा गोरु जुधाइ कार्यक्रम गरिँदैछ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा मनाइँदै आएको गोरु जुधाउने मेलामा यसवर्ष तारुकामा २२ हल, बेत्रावतीमा १२, धुवाँकोटमा १४ र घलेगाउँमा ८ हल गोरु जुधाइने छ ।

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ । विभिन्न स्थानमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?