धनुषाबाट स्वचालित पेस्तोलसहित २ जना पक्राउ

धनुषा । स्वचालित पेस्तोल सहित २ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
मङ्गलवार पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय दिपेश महतो र सोही गाउँका १९ वर्षीय शुभकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घर अगाडि हतियार पड्काउँदै हिँडेको सूचना पाए लगत्तै प्रहरीले दिपेशलाई पक्राउ गरेको हो ।
हतियार पड्काउँदै हिँडेको सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय खजुरीबाट पुगेको टोलीले दिपेशलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अशोक झाले जनाए ।
पेस्तोल फायर भएको सूचना पाए लगत्तै प्रहरी टोलीले दिपेशले आँपको बगैचामा माटो र खरानीले छोपी लुकाइरहेको अवस्थामा १ थान स्वचालित पेस्तोल बरामद गरेका प्रहरी निरीक्षक झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?