नयाँ बसपार्क क्षेत्रमा प्रहरीको विशेष सक्रियता, एकैदिन ७३ जना पक्राउ परे

काठमाडौं –  महानगरिय प्रहरी वृत्त महाराजगन्जले गोंगबु नयाँ बसपार्क क्षेत्रमा हुने अवाञ्छित गतिविधि न्यूनीकरण गर्न विशेष अभियान शुरू गरेको छ ।

मंगलबार गरिएको क्लिन स्विप अपरेशनमा शंकास्पद गतिविधि गर्ने ७३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ जना पुरूष, ३२ महिला र ५ जना तेस्रोलिंगी रहेका छन् ।

होटेल , रेस्टुराँ, क्याविन लगायतमा गरिएको अपरेसनमा केही यौन व्यवसायमा लागेका र केहीको साथबाट लागू औषधसमेत फेला परेको महानगरिय प्रहरी वृत महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले लोकपथलाई जानकारी दिए ।

पक्राउ परेकामाथि थप अनुसन्धान गरि कसूर हेरी अन्य कारबाही अगाडि बढाउने लम्सालले बताए । पछिल्लो समय डिएसपी लम्सालले गोंगबु नयाँ बसपार्क क्षेत्रलाई शान्त र सुरक्षित अनुभूत दिलाउने भन्दै आफैँ खटेर दिनदिनै विशेष अपरेशन चलाईरहेका छन् ।

समाचारको लागि तल क्लिक गर्नुहोस् 

नयाँ बसपार्क क्षेत्रबाट १५ महिलासहित ५३ जना समातिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?